गोरखा, २३ असार । एसईई परिक्षाको नजिता प्रकाशन भए लगत्तै जिल्लामा सर्वाधिक अंक ल्याउने ब्यक्ति समेत पहिचान भएको छ । यस पटकको परिक्षामा आरूघाटमा रहेको नेप्लिज एडभान्स सेकेण्डरी वोडिङ स्कुलकी छात्रा आयुष्मा श्रेष्ठ जिल्ला उत्कृष्ट हुन सफल भएकी छिन् । श्रेष्ठले ४ जिपिए ल्याएकी हुन् ।
बोर्डिङले दिएको जानकारी अनुसार उनी संगै अन्य १३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएकाी थिइन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसइई परीक्षाको नतिजा अनुसार आयुष्मा जिल्लामा नै सर्वाधिक अंक ल्याउने बिद्यार्थी हुन ।
प्रिन्सीपल भोजराज भट्टका अनुसार आयुष्माले विज्ञान संकायमा भर्ना भएर न्युरो सर्जन बन्ने लक्ष्य राखेको जानाकारी दिनुभयो । सानैदेखि उत्कृष्ट अध्ययनशिल आयुष्माले पाएको सफलताको श्रेय आफ्नो परिवार र दिदीलाई दिइन् ।