Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा ८५ बर्षिया बृद्धा मृत फेला


812
Shares

गोरखामा ८५ बर्षिया बृद्धा मृत फेला

गोरखा, २२ असार । गोरखाको ठुला ढुङ्गास्थित खोल्सामा ८५ बर्षिया बृद्धा मृत अवस्थामा फेला परेकी छिन् । बारपाक सुलिकोट गाउँपालिका–८ जराङ घर भएकी सुकमायाँ बराम बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोट ठुला ढुङ्गास्थित खोल्सामा अर्ध घोप्टो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

छोरीको घरमा केही दिनदेखी बस्दै आएकी र घर जान भनि मंगलबार निश्केकी उनी सम्पर्क बिहीन भएपछि परिवार र स्थानियले प्रहरीलाई खबर गरेका थिए । खोजीको क्रममा बराम बिहीबार मृत फेला परेको र घटना प्रकृति मुचुल्का पछि शव आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले प्रारम्भिक अनुसन्धानमा मृतक बरामले लगाएको सबै गरगहना उनी संगै फेला परेको कारण हत्या नभएको तर पनि थप अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology