Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बुढीगण्डकी हाइड्रो र विद्युत प्राधिकरण बिच विद्युत खरिद सम्झौता


1.6K
Shares

बुढीगण्डकी हाइड्रो र विद्युत प्राधिकरण बिच विद्युत खरिद सम्झौता

गोरखा, २२ असार । बुढीगण्डकी हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको सुपर माछाखोला जलविद्युत् आयोजना ४.६ मेगावाट र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता भएको छ । गोरखाको धार्चे गाउँपालिकामा निर्माण गर्न लागिएको आयोजनाको नेतृत्व एनआरएनएका सचिव खगेन्द्र न्यौपाने, अस्ट्रेलियामा व्यवसाय गर्ने जोन घले, युकेमा व्यवसाय गर्ने इन्द्र ढकाल लगायतले गर्नुभएको हो ।

सञ्चालक समितिमा कृष्ण घिमिरे र सरोज धिताल समेत रहनु भएको छ । यो टिममार्फत यसअघि सोही क्षेत्रमा विकास हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको ४.५ मेगावाटको आयोजना सम्पन्न गरिसकेको छ ।

आयोजनाको वित्तीय व्यवस्थापन करिब तीन वर्षमा सक्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । बिहीबार नेपाल विद्युत् प्राधिकरणका अनुगमन तथा सुपरिवेक्षण निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके र कम्पनीका प्रबन्ध निर्देशक कृष्ण घिमिरेबीच पिपिए भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology