Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखालाई पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा


903
Shares

गोरखालाई पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा

गोरखा, २१ असार । गोरखा जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । सोह्र महिनादेखि ५९ महिनासम्मका जिल्ला भित्र रहेका सवै बालबालिकाले १५ महिना भित्र लगाउन पाउनुपर्ने सवै प्रकारको खोप पाएको निश्चित भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यमप्रसाद शर्माले बताउनुभयो ।

जिल्ला भित्रका ९४ वटै वडाहरुलाई पूर्णखोप दिगोपना तथा सुनिश्चिता घोषणा सम्पन्न गरी ११ वटै पालिकालाई समेत पूर्णखोप दिगोपना तथा सुनिश्चिता घोषणा गरेसंगै बुधबार जिल्लालाई पनि पूर्णखोप दिगोपना तथा सुनिश्चिता घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।

यहीँ असार ६ गतेसम्ममा जिल्लाका सवै स्थानीय तहहरु पूर्णखोप दिगोपना तथा सुनिश्चिता घोषणा भएका थिए । लगत्तै जिल्लालाई पनि पूर्णखोप दिगोपना तथा सुनिश्चिता घोषणा गरिएको प्रमुख शर्माको भनाई छ । कोरोना संक्रमणका कारण गएको तीन बर्षदेखि रोकिएको पूर्णखोप दिगोपना तथा सुनिश्चिता जिल्ला घोषणा कार्यक्रम यसबर्ष गरिएको उहाँले बताउनुभयो ।

‘२०७५ सालदेखि हरेक बर्ष जिल्लालाई नियमित रुपमा पूर्णखोप दिगोपना तथा सुनिश्चिता घोषणा गरिदै आएको थियो, उहाँले भन्नुभयो, ‘कोरोना संक्रमणका कारण गएको ३ बर्षदेखि घोषणा गर्न सकिएको थिएन यसबर्षदेखि पुनः निरन्तरता दिइएको हो ।’

सरकारले प्रत्येक वर्षको माघदेखि चैत्र महिनासम्ममा घरधुरी सर्वेक्षण गर्ने, वैशाख महिनालाई खोप महिना मनाउने र पूर्ण खोप घोषणा तथा दीगोपनाको कार्यक्रम हुने स्वास्थ्य कार्यालय गोरखाका खोप फोकल पर्सन समेत रहनु भएका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताउनुभयो ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा.विनोदविन्दु शर्माले एक कार्यक्रमका बिच गोरखा जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology