Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

ललिता निवास जग्गा हिनामिना प्रकरणमा कसैलाई पनि छोडिदैन : प्रधानमन्त्री


1.2K
Shares

ललिता निवास जग्गा हिनामिना प्रकरणमा कसैलाई पनि छोडिदैन : प्रधानमन्त्री

काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गामा भएको अनियमितामाथि कसैलाई नछोड्ने बताएका छन् । प्रधानमन्त्री दाहालले ललितानिवास जग्गामाथि धेरै ठूलो सञ्जाल रहेको भन्दै कसैलाई पनि नछोड्ने बताएका हुन् ।

दाहालले भने,‘तपाईंहरूले देख्नुभएको छ होला, ललितानिवास जग्गा । हेर्नुहोस् त कति ठूलो षड्यन्त्र । कति ठूलो सञ्जाल । कति ठूलो सेटिङ भएको रहेछ ।

हेर्दै जानुहोला अझ अगाडि अगाडि बढिन्छ । अझ अगाडि बढिन्छ, छोडिदैंन । यसो गर्दै जाँदा जनता र युवाको साथ भएपछि मलाई कसैले हिलाउन सक्दैनन् । हिजोपनि जनताको साथ लिएर यहाँ आइएको हो ।’

प्रधानमन्त्री दाहालले जनताको मुद्दालाई बोकेर अघि बढेको बताउनुभयो । यसअघि प्रतिपक्षी दलले वैशाख देख्दैनस् भन्ने गरेको र आज असार समेत कट्न थालिसकेको दाहालको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology