Nagarik Sawal

२०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

समिक्षासँग विवाह गर्न तयार छु : आमेश भण्डारी


2.7K
Shares

समिक्षासँग विवाह गर्न तयार छु : आमेश भण्डारी

काठमाडौँ, १७ असार । अभिनेता तथा गायक आमेश भण्डारीले आफू गायिका समिक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् । टेलिभिजन कार्यक्रममा ‘द प्रकाश सुवेदी शो’ को अन्तवार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।

शो का होस्ट प्रकाश सुवेदीले आमेशलाई समिक्षाको बुबाआमा केटा माग्दै आउनुभयो भने के तपाई उनीसँग विवाह गर्न तयार हुनुहुन्छ रु भन्ने प्रश्न राखेका थिए । जवाफमा उनले भने, ‘त्यस्तो भयो भने म त एकदम लक्की हुन्छु, म विवाह गर्छु, मेरो उमेर पनि भयो ।’

पछिल्लो समय आमेश र समिक्षा टिकटक भिडियोमा एकसाथ धेरै देखिन्छन् । उनीहरुबीच प्रेम रहेको चर्चा समेत चलेको छ ।

शोमा आमेशलाई समिक्षासँगको प्रेमको बिषयमा पनि सोधिएको थियो । उनले समिक्षासँग प्रेम सम्बन्ध नभएको र मिल्ने साथी भएको जवाफ दिए ।

आमेशले भने ,‘टिकटकमा हाम्रो जोडी राम्रो देखेकाले दर्शकले यस्तो ठान्नु भएकोहोला तर, अहिले हामी प्रेममा त छैनौ पछि के हुन्छ थाहा छैन ।’ आमेश केही अगाडि मात्र अष्ट्रेलिया भ्रमणबाट फर्किएका हुन् । अष्ट्रेलिया भ्रमणको समय उनले समिक्षासँग धेरै टिकटक बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology