Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको मनकामना मन्दिर परिषरमा रहेको धर्मशालामा स्थानीयबासीहरुद्धारा तालबन्दी


3.5K
Shares

गोरखाको मनकामना मन्दिर परिषरमा रहेको धर्मशालामा स्थानीयबासीहरुद्धारा तालबन्दी

गोरखा, १४ असार । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिषरमा रहेको धर्मशालामा स्थानीयबासीहरुले तालबन्दी गरेका छन् । गुठी संस्थानलाई धर्मशाला व्यापारिक प्रयोजनका लागि भाडामा नलगाउन स्थानीबासीहरुले गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै बुधबार धर्मशालाको भवनमा तालाबन्दी गरिएको स्थानीयबासी मनोज जोशीले जानकारी दिनुभयो ।

‘योगी, तपस्वी, गरिव, असहाय तिर्थालु भक्तजन बस्नका लागि बनाइएको धर्मशालालाई गुठी संस्थानले गएको ४० बर्षदेखि व्यापारिक प्रयोजनका भाडा लगाएर कमाउने काम मात्र गर्दै आएको छ, उहाँले भन्नुभयो, ‘मनकामनाबासीले यस पटक पुनः संस्थानले भाडामा लगाउन टेण्डर आवहन गरेपछि टेण्डर रद्ध गर्न आग्रह गरेको भएपनि संस्थानबाट कुनै सुनवाई नभएपछि धर्मशालाको भवनमा ताला लगाएका हौ ।’धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सेवा सुविधा दिने गरी सञ्चालनमा ल्याउनु पर्ने स्थानीयबासीको माग छ ।

स्थानीयबासी सहित श्री मनकामना माई गुठीका गुठियारले असार २ गते संस्थानलाई धर्मशाला भाडामा नलगाउन र टेण्डर रद्ध आग्रह गदैै ज्ञापन पत्र समेत बुझाएको थियो । २०७२ बैशाख १२ गतेको गोरखा भुकम्पले क्षति पुगेको धर्मशाला मर्मत गर्नुपर्ने अबस्था भएपनि संस्थानले त्यसतर्फ भने चासो नदिएको स्थानीयबासीहरुको गुनासो छ । मनकामना क्षेत्र बिकास समितिले पनि मन्दिरको गुरु योजनामा नै धर्मशालामा भक्तजनहरुलाई सुलभ मूल्यमा बसोबासका लागि व्यवस्था मिलाउने योजना प्रस्ताव गरेको थियो ।

गुरु योजना अनुसार धर्मशाला पछाडी रहेको स्थानलाई समेत समेटेर बनभोज स्थलको रुपमा बिकास गर्ने लक्ष्य मनकामना क्षेत्र बिकास समितिले राखेको छ । स्थानीवासीहरुकोे अनुरोध र आग्रहलाई वेवास्ता गर्दै पुनः टेण्डर आब्हान भएकोले यसमा ठूलो आर्थिक चलखेल हुनसक्ने आंशका समेत स्थानीयले गरेका छन् ।

धर्मशालालाई गुठी संस्थानले व्यापारीक प्रयोजनको लागी भन्दै व्यक्तिलाई भाडामा दिएर आम्दानी गर्दै आएको छ । संस्थानले व्यवसाय सञ्चालन गर्ने गरी जेष्ठ ३१ गते सार्वजनिक सूचना जारी गरेर टेण्डर आवहन गरेसंगै मनकामनाबासीले धर्मशालामा व्यवसाय सञ्चालन गर्न नहुने भन्दै बिरोध गर्दै आएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology