गोरखा, १४ असार । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक(गोरखा)ले मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि संकलित घटनाहरुको अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । कार्यक्रममा अग्रेजी महिना २०२३ को २०२३ जनवरी देखि २०२३ जुन २७ सम्म गोरखामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा बाल अधिकार अन्तरगत वलत्कार, यौन दुब्र्यवहारका ६ वटा, महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव, दुब्र्यवहारका दुइ वटा, आत्महत्या दुरुत्साहनको १ वटा, हत्यका दुइ वटा, कुटपिट र दुब्र्यवहारका १÷१ तथा स्वास्थ्य संस्थामा हो हल्लाको १ गरि १४ वटा घटना प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा वोल्दै गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगरले इन्सेकले प्रस्तुत गरेको प्रतिवेदनले विगत ६ महिनाका मानवअधिकार उल्लंघनको अवस्थालाई आधार मानेर घटना न्यूनिकरणमा भूमिका खेल्नुपर्ने बताउनुभयो । जिल्लामा आत्महत्याका घटनाले ठुलो समस्याको रुपमा देखिएको यसको न्यूनिकरणमा जोड दिनुपर्ने रानाले बताउनुभयो ।
कानुनी विषयमा जनचेतना फैलाउन सकेपनि हिंसाजन्य घटना न्युनिकरण हुने उहाको भनाइ छ । कार्यक्रमका सहभागीले मानव अधिकार वर्ष पुस्त संकलन एउटा दस्तावेज भएको र यसलाई आधार मानेर छलफल र घटना न्यनिकरणमा सचेतना फैलाउनका लागि सघाउ पु¥याउने बताएका थिए ।
गाउँ गाउँमा कानुनी सचेतनाको आवश्यकता रहेको पनि कार्यक्रमका सहभागीले बताएका थिए । मानव अधिकार सञ्जालका संयोजक यदु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख राना, नेपाल वार यसोसियसनका अधयक्ष यावश शर्मा, कानुन ब्यवसायी तथा अधिकारकर्मी स्थानेश्वर दवाडी, शान्ति समाजका सिताराम तिवारी, मानव अधिकार संगठनका अध्यक्ष दिल वहादुर वस्नेत, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तब्य राख्नुभएको थियो ।