गोरखा, १४ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बरिष्ठ केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) ले भष्ट्राचारको फाइल खोल्दा सरकार ढल्ने अबस्था आए कुनै फरक नपर्ने बताउनु भएको छ । माओवादी केन्द्र गोरखाको जिल्ला कार्यालयको बिस्तारित बैठकलाई सम्बोधन गर्नुहुदैँ उहाँले भ्रष्टाचारको कारवाहीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले तिव्र पार्नुभएको भन्दै भ्रष्टाचारको फाइल खोल्दा सरकार ढल्ने अबस्था नआउने तर भष्ट्राचारीलाई कारवाही गर्दा सरकार ढल्ने अबस्था नै आएपनि फरक नपर्ने बताउनुभयो ।
‘इतिहासमा प्रचण्ड नेतृत्वको सरकार जतिको अरु कुनै सरकार छैन, नेता अधिकारीले भन्नुभयो, ‘भष्ट्राचारको कारवाहीका सन्र्दभा अरुले बोल्छ मात्र माओवादीले गरेरै देखाउछ भन्ने कुराको पुष्टी प्रचण्डले गर्नुभएको छ ।’ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बिषयलाई लिएर भइसकेको टिकाटिप्पणी गलत भएको भन्दै उहाँले इतिहासमा पहिलो पटक नेपालका प्रधानमन्त्री भारत भ्रमण गएर नेपालको हित हुने गरी भारतसंग बिद्युत बिक्री गर्ने सम्झौता गर्न सफल भएको बताउनुभयो ।
बैठकलाई सम्बोधन गर्नुहुदैँ नेता अधिकारीले गोरखा जिल्ला अहिले कति योजना प¥यो कुन प¥यो परेन भन्दापनि परेका योजनाहरुलाई सम्पन्न गर्न सिंगोपाटी लाग्नुपर्नेमा जोडदिनुभयो । ‘अहिले परेका योजनाहरुलाई व्यवस्थित ढंगले अगाडी बढाउदै लैजानुपर्छ, उहाँले भन्नुभयो, ‘थप आवश्यक योजनाहरुको पहिचान र प्राथामिकीकरण गर्दै जानुपनी आवश्यक छ ।
’नेता अधिकारीले माओवादीले जितेका गोरखाका ९ वटै पालिकालाई नमुना पालिकामा रुपमा बनाउने तर्फ जोडदिनुपर्ने बताउनुभयो । ‘हामीले जितेका २ पालिकामा उत्कृष्ठ काम गरेबापत २०७९ को निर्वाचनमा हामीले ९ पालिका जितेका हौ, उहाँले भन्नुभयो, ‘अब ९ पालिकामा फेरि नमुना काम गरेर ०८४ को निर्वाचनमा ११ वटै पालिका जित्नुपर्छ ।’ नेता अधिकारीले माओवादीका हरेक कार्यकर्ता अब श्रम र उत्पादनसंग जोडिनुपर्ने बताउनुभयो ।
पार्टीको आगामी केन्द्रीय समितिको बैठकलाई लक्षित गरी जिल्ला कार्यालयको बैठक बसेको हो । जिल्ला संयोजक बिष्णुप्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकमा पार्टी जिल्ला इन्चार्ज अमर तमु, केन्द्रीय सदस्य लेखबहादुर थापा, लोकप्रसाद बन्जरा (अक्कल), कमला नहर्की, भगवती तिवारी लगायको सहभागिता रहेको थियो ।