Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको खार खोला तातोपानीमा स्टिल ट्रस पुल निर्माण


3.3K
Shares

गोरखाको खार खोला तातोपानीमा स्टिल ट्रस पुल निर्माण

गोरखा, १० असार । गोरखाको खारखोला तातोपानीमा स्टिल ट्रस पुल निर्माण सम्पन्न भएको छ । स्थानियको माग अनुसार हिमाली क्षेत्र विकास केन्द्र गोरखाद्धारा पुल निर्माण सम्पन्न भएको हो ।

पालुङ्टार नगरपालिका–१ खोप्लाङ र मिरकोटलाई जोडने उक्त पुल निर्माण संगै स्थानिय वासिन्दालाई बर्षामा आउजाउ गर्न सहज भएको पुल निमाण उपभोत्ता समितिका अध्यक्ष जीतबहादुर देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो ‘अब भने बर्षा याममा पनि हामीलाई मोटरबाटोसम्म आउजाउ गर्न सहज भएको छ ।’ सोही पुल भएर दुवै गाउँका सयौ घरपरिवारले मेलापात आउजाउ गर्ने र अन्नपात ओसार पसार गर्ने गर्दछन् ।

ट्रस पुल जम्मा लागत २४ लाख ८१ हजार २१५ रुपैयाँ ४३ पैसामा निर्माण सम्पन्न भएको हिमाली क्षेत्र विकास केन्द्र गोरखाका सचिव बिरबल घलेले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको लम्बाई २४ मिटर लामो रहेको छ । नेपाल सरकारको सशर्त अनुदान ८५ प्रतिशत, पालुङटार नगरपालिकाको १३ प्रतिशत र समुदायको २ प्रतिशत लागतमा पुल निर्माण भएको प्राविधिक रामकुमार घलेले बताउनुभयो ।

उक्त क्षेत्रमा पुल नहुँदा विगतका बर्षमा १ जना विदेशी र केही स्थानिय महिलाहरुलाई बगाएको स्थानियले जानकारी दिएका छन् । पुल निर्माण भए पछि स्थानियहरु खुशी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology