Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सामी परियोजनाद्धारा गोरखामा क्रियाशिल पत्रकारहरुसंग छलफल


1.8K
Shares

सामी परियोजनाद्धारा गोरखामा क्रियाशिल पत्रकारहरुसंग छलफल

गोरखा, ७ असार । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सामी परियोजनाले गोरखाका क्रियाशिल पत्रकारहरुसंग आज छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

परियोजनाले चालु आर्थिक बर्ष ०७९÷८० मा गरेका काम र परियोजनाले कायक्षेत्र अन्तरगत जिल्ला भित्र बैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या लगायतका बिषयमा जानकारी दिन पत्रकारहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले सामी परियोजनाले बैदेशिक रोजगारी जान चाहाने र गएका व्यक्तिहरुमा परेका समस्याहरुलाई समाधानका लागि खेल्दै आएको भूमिकाको प्रंससा गर्नुभयो ।

उहाँले बदैशिक रोजगारीका कारण घर परिवारमा देखिने गरेको समस्या र त्यसवाट परिवारमा बिखण्डन समेतको अबस्था आउने गरेकोमा परियोजनाले पछिल्लो समय सञ्चालन गर्दै आएको मनोसामाजिक परामर्सले मानसिक रुपमा अफ्यारामा परेको व्यक्तिहरुलाई समेत जिउने आत्मावलको बिकास गरेको बताउनुभयो । प्रमुख थापामगरले परियोजनाले बैदेशिक रोजगारीमा गएर दुःख पाएका, अन्यायमा परेकाहरुलाई सहयोग तथा कानुनी उपचारका काममा परामर्स प्रदान गर्दै आएकाले पिडामा परेकाहरुलाई आत्माहत्या गर्नबाट जोगिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा साहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले परियोजनाले बैदेशिक रोजगारीमा समस्या परेका र रोजगारीका कारणले समस्यमा परेकाहरुको समस्या समाधानका लागि पुलको काम गरिरहेको बताउनुभयो । ‘सामीले पव्लिक र सरकार बिच पुलको काम गरेको छ, उहाँले भन्नुभयो, ‘यस बैदेशिक रोजगारीमा जानु पूर्व के के गर्नुपर्छ भन्ने बिषयमा पनि भूमिका निर्वाह गर्दै आएको छ अझै गर्नुपर्छ ।’ साहायक प्रमुख जिल्ला अधिकारी रानाले बैदेशिक रोजगारीमा जानेहरुलाई क्षमता र आबश्कताको आधारमा तालिमहरु दिनुपर्नेमा समेत जोडदिनुभयो ।

कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर (सपना पुन) ले सामी परियोजनले सञ्चालन गर्दै आएको मनोसामाजिक परामर्सले समाजमा मानसिक समस्यामा परेका व्यक्तिलाई जिउने कला सिकाएको बताउनुभयो । उहाँले श्रीमान बैदेशिक रोजगारमा घरमा श्रीमतीले अनेकखालको लान्छाना परिवार, समाजबाट मात्र नभई उल्टै श्रीमानवाट समेत लगाउने गरेकाले कतिपय घर परिवार छिन्नभिन्न भएको बताउदै त्यसलाई मिलाउन परियोजनाले भूमिका खेल्दै आएको बताउनुभयो । उपमेयर थोकरले पछिल्लो समय मनोरोगका कारण थुप्रै थुप्रै महिलाहरुले आफ्नो ज्यान फाल्नेसम्मको अबस्था सृजना भएको भन्दै मनोसामाजिक परामर्सलाई राज्यले प्राथामिकतामा राख्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

‘यस्ता खालका कार्यक्रम सामीले मात्र नभएर सवै स्थानीय तहका सरकारहरुले पनि वडावडा गर्नुपर्छ, उपप्रमुख थोकरले भन्नुभयो, ‘मानिस बाहिर स्वस्थ्य र तन्दुरुस्त देखिएपनि भित्र भित्रै समस्यामा परेको हुनसक्छ यसलाई बुझ्नका लागि मनोसामाजिक परामर्स आवश्यक छ ।’ उहाँले गोरखा नगरपालिकाले यस पटक मनोसामाजिक परासर्मको कार्यबिधि ल्याउन तयारी गरिरहेको समेत जानकारी दिनुभयो ।

उपप्रमुख थोकरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्व्य समिति गोरखाकी उपप्रमुख लिला परियार, सामी परियोजनाका चन्द्र देवकोटा, मनोसामाजिक परामर्सकर्ता मुक्ताकुमारी कुमाल लगायत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology