स्याङजा २ जेठ । एक्काईस बर्षका एक युवकले ९ वर्षीय बालकको हत्या भएको छ। स्याङजाको अर्जुनचौवारी गाउँपालिका–६ सिँउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटाको शुक्रवार साँझ ५ बजे हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।
सोही ठाउँका २१ वर्षीय सुजन चुवाई (सुवेदी)ले बालकको हत्या गरेको आरोप छ। हँसियाले हानेर बालकको हत्या भएको डिएसपी खनालले बताउनुभयो ।
घटनापछि फरार रहेका चुवाईलाई प्रहरीले पुतलीबजार नगरपालिका–१, बाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान बढाएको कार्यालयले जनाएको छ।