Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा लोपोउन्मुख तामे सालक भेटियो


4.6K
Shares

गोरखामा लोपोउन्मुख तामे सालक भेटियो

गोरखा १ असार । गोरखाको गण्डकी गाउँपालिका–४, फलाटे क्षेत्रमा बिश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक आज बिहान फेला परेको छ । स्थानीयबासी प्रेमकुमार श्रेष्ठको घर नजिकै पोखरीमा बयस्क हुदैँ गरेको तामे सालक फेला परेको डिभिजन बन कार्यालय गोरखाका बनअधिकृत रवि आनन्द गोपालीले जानकारी दिनुभयो ।

फेला परेकोे उत्त सालकलाई डिभिजिन बन कार्यालय गोरखाबाट गएको टोलीले तत्काल उद्धार गरेको उहाँले बताउनुभयो । ‘आज बिहान फेला परेको सालक तामे सालक हो, यसलाई पमा समेत भनेर चिन्ने गरिन्छ ।’ बनअधिकृत गोेपालीले भन्नुभयो । सालकको आहारा कमिला, धमिरा लगायतका किरा भएकाले उत्त सालक आहारको खोजीमा निस्कएको हुनसक्ने उहाँको भनाई छ ।

यसको अवैध सिकार समेत हुने गरेको छ । सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढि सिकार गर्ने गरेको पाईन्छ । यस प्रकारको प्रजाती समुन्द्र सतहदेखि १ हजारदेखि २२ सय मिटरसम्मको उचाईमा पाइने बनअधिकृत गोेपालीले जानकारी दिनुभयो ।

उद्वार गरिएकोे सालकलाई उसैको प्राकृतिक बासस्थान ठाडेखोलको ज्ांगलमा लगेर छाडिएको उहाँले बताउनुभयो । बिश्वमा पाइने ८ जातिका सालक मध्ये नेपालमा कालो सालक (अतिसंकटापन्न) र तामे सालक (लोपोन्मुख) गरी दुई जातिका सालक पाइने बनअधिकृत गोेपालीले भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology