Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पालुङटार नगरपालिका भित्र भोलीदेखि नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने


2.7K
Shares

पालुङटार नगरपालिका भित्र भोलीदेखि नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने

गोरखा, ३२ जेठ । पालुङटार नगरपालिकाले भोलीदेखी असोज १ सम्म नदीजन्य पदार्थ उत्खनन्मा निषेध गरिएको छ । आज (बिहीबार) एक सूचना जारी गर्दै पालिका भित्र रहेको सम्पूर्ण नदि, खोला खोल्सबाट ढुंगा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थ उत्खनन् गर्न निषेध गरिएको जनाएको छ ।

नदीजन्य पदार्थ उत्खनन्को काम वर्षमा ९ महिना मात्रै गर्न पाउने कानुनमा उल्लेख गरिएको छ । सोही बमोजिम तीन महिनाका लागी उत्खनन्मा निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो ।

‘वर्षमा तीन महिना चाँही नदीजन्य पदार्थ उत्खनन् गर्न नपाउने कानुन छ’ उहाँले भन्नुभयो, ‘हामीले वर्षा याममा नदीको बहाव बढ्ने, भेल आउने, बाढी आउने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरेर भोलीदेखी तीन महिना सम्म उत्खनन्मा निषेध गरेका हौं ।’

प्रमुख प्रशासकीय अधिकृत भण्डारीका अनुसार यस अघि नै उत्खनन्, डम्पिङ तथा घाटगद्यदी गरेर राखेका नदीजन्य पदार्थहरु भने प्रयोग गर्न पाउने बताउनुभयो । सूचनाको अवज्ञा गरिएको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

May be an image of ticket stub and text that says 'पत्र सख्या:- ०७९/०६० चलानी नम्बर: पालुड्टार नगरपालिका नगर कार्यपा लकाको कार्यालय रगागेरखा गण्डको प्रहमंदा नेपाल सूचना मिति २०८०/०२/३२ सूचना Il सूचना Il विषय नदिजन्य पदार्थ उत्खनन निषेध गरिएको सम्बन्धमा प्रस्तुत सम्बन्धमा यस नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण नदि,खोला खोल्सी वाट दुंगा, गिट्टी, बालुवा लगायतका नदिजन्य पदार्थको उत्खनन् मिति २०५०/०३/०१ देखि २०६०/०६/०१ यस सम्मका लागि निषेध गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिन्छ सुचनाको अवज्ञा गरिएको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने व्यहोरा सुचित गरिन्द। गौतम भण्डारी प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी प्रमुख प्रशासकीय अधिकृत Website: www.palungtarmun.gov.np, E-mail: palungtarmun@gmail.com टोल फ्रि न. १६६०६४४२००२ फोन न. ०६8 8000५३, 800002, 800002'

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology