Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विवाहबाट फर्किदै गरेको डुंगा पल्टिँदा १०३ जनाको मृत्यु


1.9K
Shares

विवाहबाट फर्किदै गरेको डुंगा पल्टिँदा १०३ जनाको मृत्यु

एजेन्सी, ३१ जेठ । नाइजेरियामा डुंगा पल्टिँदा १०३ जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाहबाट फर्केका मानिस सवार डुंगा पल्टिँदा १०३ जनाको मृत्यु भएको हो ।

क्वारा राज्यको पाटेगी जिल्लाको नाइजर नदीमा डुङ्गा पल्टिएको राज्यका प्रहरी प्रवक्ता ओकासान्मी अजयले बताउनुभयो। उहाँका अनुसार डुंगा दुर्घटनाबाट १०३ जनाको मृत्यु भएको छ भने सयभन्दा बढीको उद्धार गरिएको छ ।

अफ्रिकाको सबैभन्दा लामो नाइजर र बेनु नदीहरू बीचको संगमको नजिक रहेको क्षेत्रमा यसअघि पनि डुंगा दुर्घटना भएका थिए । मे २०२१ मा भएको डुंगा दुर्घटनामा १६० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology