Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भिमसेन थापा गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा


1.2K
Shares

भिमसेन थापा गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा

गोरखा, ३१ जेठ । भिमसेन थापा गाउँपालिकालाई पूर्ण खोप पालिका तथा दिगोपन सुनिश्चितता घोषणा गरिएको छ । गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा आज पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।

पालिका भित्रका सवै वडाहरुले खोपको मापदण्ड पूरा गरेपछि पालिकाल एक कार्यक्रमका बिच गाउँपालिकालाई पूर्ण खोप तथा दिगोपना सुनिश्चितता घोषणा गरेको गाउँपालिकाका पालिका खोप समितिका सचिब भेषराज खनालले जानकारी दिनुभयो । गत चैत्र १६ देखि २० गतेसम्म ८ वटै वडामा रहेका स्वास्थ्यकर्मीहरुले वडा भित्र रहेमा सबै बालबालिको सर्वेक्षण गर्दा पालिका भित्रका सबै बच्चाहरुलाई पूर्ण खोप दिइएको पाइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार जन्मदेखि १५ महिनाका सम्मका १९७ जान र १६ महिनादेखि ५९ महिनासम्मका ६ सय ९८ जना बालबालिकालाई नियमित खोप दिएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृता देबी बस्ती, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी लगायतले मन्तव्य राखेको राख्नुभएको थियो । उक्त कार्यक्रममा ८ वटै वडाका स्वास्थ्य प्रमुख एबं स्वास्थ्यकर्मी, स्वयंसेवक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology