गोरखा, ३१ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराइले द्धन्दकालिन मुद्धालाई बल्झाएर अदालतमा पु¥याउनु देशलाई पुनः द्धन्दमा धकेल्ने गम्भीर षडयन्त्र भएको बताउनु भएको छ । जिल्लामा सञ्चालित रणनीति पूर्वाधार बिकासको अबस्था बारे जानकारी लिन गोरखा आउनु भएका पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा। भट्टरलाई सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रमम बोल्दै यस्तो बताउनु भएको हो ।
‘यो घटना एक प्रकारको पुरानो घाउहरुलाई कोट्याई रहेर देशलाई फेरी द्धन्द तिर फर्काउने केही शक्तिहरुको चलखेल हो, उहाँले भन्नुभयो, ‘त्यसैका लागि यसमा केही पात्रहरुलाई उभ्याइएको छ ।’ अध्यक्ष डा। भट्टराईले बिस्तृत शान्ति सम्झौताले यसलाई सम्बोधन गरिसकेको भन्दै बाँकी रहेको काम सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी छानविन आयोग मार्फत छिटोभन्दा छिटो हल गर्ने बिषय रहेको बताउनुभयो ।
‘द्धन्दका प्रत्येक कुरालाई कोट्याएर मुद्धा मामिलामा गयौ भने त्यसको अर्थ फेरी देशलाई द्धन्दमा लैजाने भन्ने कुरा हुन्छ, उहाँले भन्नुभयो, ‘त्यो अत्यन्त गैह्रजिम्मेवार कुरा हो ।’ जिम्मेवार निकायहरुले यस्ता बिषयलाई बुझेर समस्याहरुलाई आयोगका माध्यमबाट टुङग्याउन तर्फ जोडदिनु उचित हुने पूर्वप्रधानमन्त्री डा। भट्टराईले तर्क गर्नुभयो । उहाँले अहिले समावेशी, समानुपातिक, लोकतान्त्रिक र सामाजिक न्याय सहितको समाजवाद अहिलेको आवश्यकता रहेको बताउनुभयो । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा तरकारी आयातमा कर लगाउने बिषय तर्फ लक्षित गर्दै पूर्वप्रधानमन्त्री डा। भट्टराईले आयातित बस्तु खुल्ला छोड्दा आन्तरिक बस्तु झनै सुक्ने भएकाले अब उत्पादनमा जोडदिनुपर्ने बताउनुभयो ।
‘आयातित बस्तुलाई खुल्ला छोड्दा आन्तरिक बस्तु झनै सुक्छ, भित्री उत्पादित बस्तुलाई संरक्षित गर्ने ढंगले आयातित बस्तुमा कर लगाइएको हो भने त्यो ठिकै हो, उहाँले भन्नुभयो, ‘तर आन्तरिक उत्पादन नबढाउने र राजस्व मात्र उठाउने ढंगले हिसावले कर लगाउने हो भने जनतालाई घाटा पर्छ ।’
उहाँले सरकारले ल्याएको बजेट बजेट नीति तथा कार्यक्रमले उल्लेख उत्साह भने ल्याउन नसकेको पनि दावी गर्नुभयो । ‘धेरै दल मिलेर बनेको सरकार छ, मन्त्रालय पनि फरक फरक दललाई छ, डा। भट्टराईले भन्नुभयो, ‘थोरै यताउती हुँदा सरकारबाट कुनै दलले समर्थन फिर्ता लिदा सरकार ढल्ने अबस्था पनि आउन सक्ने भएकाले सरकारको नेतृत्वले चाहेको जस्तो बजेट आउन नसक्नु स्वभाविक नै हो ।’पूर्वप्रधानमन्त्री डा। भट्टराई बुढी गण्डकी जलबिद्युत आयोजना नेपाल आफैले बनाउनु पर्नेमा जोडदिनु बताउनुभयो ।