Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

‘परस्त्री’को हिन्दी संस्करण पनि नेपालमा रिलिज हुने


1K
Shares

‘परस्त्री’को हिन्दी संस्करण पनि नेपालमा रिलिज हुने

काठमाडौँ, ३० जेठ । फिल्म ‘परस्त्री’ को हिन्दी संस्करण पनि नेपालमा रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले ‘परस्त्री’ को हिन्दी संस्करणलाई ‘प्रेमगीत ३’ को हिन्दी संस्करण जस्तै रिलिज गर्न दिन लागेको हो । ‘प्रेम गीत ३’ लाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको निर्देशनलाई नजीर मानेर ‘परस्त्री’लाई पनि रिलिजको लागि सुझाव दिइएको चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले बताउनुभयो ।

‘गत वर्ष असोजमा मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेर ‘प्रेमगीत ३’लाई नेपाली फिल्मले पाउने सुविधासरह प्रदर्शन अनुमति दिएको थियो । अहिले हामीले पनि त्यसरी नै रिलिज गर्न ‘परस्त्री’लाई सुझाएका छौ’, सदस्य अधिकारीले थपे ‘यस विषयमा बोर्डमा निर्णय भने केही भएको छैन ।’ ‘परस्त्री’को हिन्दी संस्करणलाई पनि नेपाली सरह नै प्रदर्शन निर्माण युनिट सोमबार चलचित्र विकास बोर्डमा पुगेका थिए ।

फिल्मका लेखक दीपेन्द्र के खनाल, निर्देशक सुरज पाण्डे, निर्माता समिला पाण्डे, वितरक करण क्रेजीसहितको टोलीले बोर्डमा अध्यक्ष भुवन केसी, बोर्ड सदस्य रबी अधिकारी लगायतलाई भेटेर हिन्दी संस्करण रिलिजको विषयमा छलफल गरेका थिए । उक्त छलफलमा ‘प्रेमगीत ३’ रिलिज गर्न बोर्डले सुझाव दिएको सदस्य रबी अधिकारीको भनाई रहेको छ ।

‘परस्त्री’ हिन्दी डब सिफारिसका लागि बोडमा निर्माण युनिटले प्रक्रिया पुर्‍याएर आवेदन दिनुपर्नेछ । त्यसपछि मात्र परस्त्री हिन्दी डब शीर्षकमा फिल्मले सिफारिस पत्र पाउनेछ । नेपाली फिल्मको सुविधासरह रिलिज हुने भएपछि परस्त्री हिन्दी डबले १५ प्रतिशत चलचित्र विकास शुल्क तिर्नुपर्ने छैन । अन्य कर भने यथावत् रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology