Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पशुपंछी तथा कृषिबाली बीमा सुचारु गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


1.1K
Shares

पशुपंछी तथा कृषिबाली बीमा सुचारु गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

गोरखा, २९ जेठ । नेपाल व्यवसायिक बाख्रापालक महासंघ गोरखाले पशुपंछी तथा कृषिबाली बीमा सुचारु गर्न माग गरेका छन् । महासंघ गोरखाले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत पशुपंछी तथा कृषिबाली बीमा सुचारु गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्

। नेपाल सरकारले बिमाका लागी दिने ८० प्रतिशत अनुदान शुल्क वापतको रकम नपाएको भन्दै बीमा कम्पनीहरुले पशुपन्छी तथा कृषिवालीको बीमा गर्ने र बीमाको दाबी भुक्तानी दिने दुवै कार्य बन्द गरेका छन् ।

बिमा कम्पनीले सो सेवा बन्द गर्नु पूर्व नै महासंघले विभिन्न माध्यमबाट सरकारी निकायहरुलाई अनुरोध र सचेत गराएको भएपनि सोका सुनुवाइ नभएको नेपाल व्यवसायिक बाख्रापालक महासंघ गोरखाका अध्यक्ष रिम प्रसाद काप्रीले जानकारी दिनुभयो । व्यवसायिक बाख्रापालक किसानहरुले मागहरुलाई विभिन्न ३० वटा बुँदामा समेटी ज्ञापन पत्र सँगै पेश गरेको उहाँले बताउनुभयो ।

‘यस्तो विषम परिस्थितिलाई गम्भीरतापूर्वक लिई सकटमा रहेका कृषि तथा पशुपालन पेशा व्यवसायमा थप क्षति हुन नदिन र बचाउनका लागि यो समस्याको निराकरणका गर्न प्रधानमन्त्रीज्यूबाट आवश्यक सहजीकरण र मार्गनिर्देशन हुनेमा आशा एवम् विश्वास व्यक्त गर्दछौं ।’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

नेपाल सरकारले ढिला नगरी बीमा कम्पनीहरुलाई दिनुपर्ने प्रिमियम शल्क बापतको रकम भुक्तानी दिई पशुपछी तथा कृषिबाली बीमा गर्ने र बीमा दाबी भुक्तानी दिने कार्य सुचार गर्ने वातावरण निर्माण गरिदिन जोडदार माग गरेका छन् ।

बीमा गर्दा लाग्ने प्रिमियम शुल्कमा संघीय सरकारबाटै शतप्रतिशत अनुदान दिने व्यवस्था गरी कृषि तथा पशुपालन व्यवसायको उन्नयनमा सकारात्मक वातावरण निर्माण गरिदिन समेत महासंघको माग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology