Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

शहिद लखन गाउँपालिकामा दुई महिने निःशुल्क सिलाई कटाई तालिम सुरु


973
Shares

शहिद लखन गाउँपालिकामा दुई महिने निःशुल्क सिलाई कटाई तालिम सुरु

गोरखा, २९ जेठ । गोरखाको सहिद लखन गाउँपालिकामा महिलाहरुलाई आत्मानिर्भर बनाउन निःशुल्क सिलाई कटाई तालिम सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ७ स्थित बुङकोटमा आइतबारदेखि तालिम सुरु भएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।

सहमती गैडाकोट, लुथरन वल्ड रिलिफ र कान्तिपुर बहु–प्राविधिक शिक्षालय भरतपुरको प्राविधिक सहयोग तथा वडा कार्यालयको समन्वयमा ६५ दिने एड्भान्स तालिम सुरु भएको उहाँले बताउनुभयो ।

‘महिलाहरुमा सिप अभिबृद्धि गर्दै आत्मनिर्भर बनाउने उदेश्यका साथ तालिम सञ्चालन गरिएको हो, अध्यक्ष थापामगरले भन्नुभयो, ‘तालिममा २५ जनाको सहभागिता रहेको छ ।’ यस्ता खालका तालिमले उहाँहरुको क्षमतामा बृद्धि हुने उहाँको भनाई छ ।

‘तालिममा सिकेका सिपलाई तालिममा मात्रै सिमित नराखी व्यवहारमा पनि लागू गर्न सके यसवाट केही न केही आयआर्जनको बाटो खुल्छ, अध्यक्ष थापामगरले भन्नुभयो, ‘सिपलाई व्यवहारमा उर्तान र व्यवसायिकतामा लाग्न सके गाउँमै बसेर आत्मानिर्भर हुन यस्ता खालका तालिमले सवैलाई टेवा पुग्छ ।’

गाउँपालिकाले पालिका भित्रका युवायुवती, महिला, बिपन्न बर्ग समुदायलाई आर्थिक आयआर्जनमा जोड्न व्यवसायिक तालिममा प्राथामिकता दिदै आएको उहाँको भनाई छ ।

तालिममा सहभागी भएका सवै प्रशिक्षार्थीहरु यस अघि आधारभूत सिलाई कटाई तालिम लिइसकेकाहरु मात्र रहेको वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनभुयो । तालिममा सहभागी भएकाहरुलाई व्यवसायिक ढंगबाट सिलाई कटाई पेशामा लाग्न जोड दिइने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology