धनगढी, २८ जेठ । भारतमा कारको ठक्करबाट स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको छ । भारतको उत्तराखण्डअन्तर्गत बनबासा नजिकैको चकरपुरमा कारले ठक्कर दिँदा एकै परिवारका ४ जनाको ज्यान गएको हो ।
कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २३ वर्षीया बुहारी नर्मदा चन्द र भाईकी पत्नी कल्पना चन्दको मृत्यु भएको जनाइएको छ।
उनीहरू खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका थिए । शनिबार भएको उक्त दुर्घटनामा चारैजना बनबासा हुँदै २ वटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए। उनीहरूलाई विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो ।