Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

विमान दुर्घटनामा परी बेपत्ता ४ बालबालिका ४० दिनपछि जीवितै भेटिए


2.4K
Shares

विमान दुर्घटनामा परी बेपत्ता ४ बालबालिका ४० दिनपछि जीवितै भेटिए

एजेन्सी, २७ जेठ । कोलम्बियामा भएको विमान दुर्घटनामा परी बेपत्ता चार बालबालिका ४० दिनपछि जंगलमा जीवितै फेला परेका छन् । यो विमान दुर्घटना गत मे १ मा अमेजनको जंगलमा भएको थियो । दुर्घटनामा यी चार भाइबैनी, उनीहरूका आमा, पाइलट र को–पाइलटसहित विमानमा सवार थिए । बालबालिकाको उमेर १३, ९, ४ र १ वर्ष छन् ।

दुर्घटनामा बालबालिकाकी आमा र अन्य व्यक्तिको मृत्यु भएको थियो । चार बालबालिका भने जीवितै फेला परेका हुन् । ती बालबालिकालाई जंगलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्‍याइएको छ । बच्चाहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले हप्ताको लामो खोजीपछि बालबालिका फेला पर्न पाउनु सिंगो देशका लागि खुसीको कुरा भएको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology