Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा पोखरीमा डुवेर एक बालकको मृत्यु


4.7K
Shares

गोरखामा पोखरीमा डुवेर एक बालकको मृत्यु

गोरखा, २७ जेठ । गोरखामा पानी पोखरीमा डुवेर हिजो एक बालकको मृत्यु भएको छ । धार्चे गाउँपालिका वडा नम्बर ५ सिङ्ला घर भएका ८ बर्षिय मनिष गुरुङको पौडी खेल्ने क्रममा पोखरीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

गोरखा नगरपालिका वडा नम्बर ६ ढाडगाँउमा बस्दै आएका गुरुङ हिजो साँझ करिब ५ बजेतिर पदेली स्थित रानी पोखरीमा अन्य ३ साथीहरु संग पौडी खेल्न पुगेका थिए । पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको उहाँले बताउनुभयो ।

पोखरीमा डुबेर उत्रन नसकेपछि साथीहरुले हारगुहार गरेपछि स्थानीयबासी र प्रहरीले उद्धार गरी बालकलाई उपचारका लागि गोरखा अस्पतालमा पु¥याएको थियो ।

अस्पतालमा पु¥याए लगत्तै चिकित्सकले गुरुङलाई मृत घोषणा गरेको डिएसपी लामिछानेले जानकारी दिनुभयो । स्थानीय र प्रहरीको सहयोगमा गुरुङलाई पोखरीबाट निकालेर गोरखा अस्पताल लगिएको थियो ।.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology