गोरखा, २६ जेठ । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखा जिल्लाको उत्कृष्ट नमुना कार्यालय हुन सफल भएको छ । नमुना कार्यालय छनोट बिधि अनुसार गण्डकी प्रदेश सरकारको मातहतमा रहेका गोरखा जिल्लास्थित कार्यालय मध्य पशु सेवा बिज्ञ केन्द्र २०७९ सालको उत्कृष्ट नमुना कार्यलय छनोट भएको हो ।
केन्द्रले पुरस्कार स्वारुप ३० हजार राशिसहित प्रमाण पत्र प्राप्त गरेको छ । गण्डकी प्रदेश सरकारले केन्द्रले आगामी दिनमा थप सुधारका कार्यहरु सहित जनअपेक्षा अनुसार सेवा प्रवाह गरी सुशासन र प्रवद्र्धन गर्न सफल हुने बिस्वास जनाएको छ ।