Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

शहिद लखन गाँउपालिकाद्धारा सञ्चालित योजनाको असार १५ भित्र भुक्तानी लिनु पर्ने


1.2K
Shares

शहिद लखन गाँउपालिकाद्धारा सञ्चालित योजनाको असार १५ भित्र भुक्तानी लिनु पर्ने

गोरखा , २६ जेठ । शहिद लखन गाँउपालिकाद्धारा आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित योजना तथा कार्यक्रमको असार १५ भित्रै भुक्तानी लिई सक्नु पर्ने भएको छ । गाँउपालिकाले एक सूचना जारी गर्दै पालिका भित्रका विषयगत शाखा, वडा कार्यालय, निमार्ण व्यवसायी तथा उपभोक्ता समिति, सरोकारवाला संघ संस्थाले सञ्चालन गरेका योजनाहरुको असार १५ भित्र भुक्तानी लिनु पर्ने भएको हो ।

आर्थिक वर्ष सकिनु भन्दा कम्तिमा ७ दिन अघि भुक्तानी दिई निकासा र खर्चको लेखा अधावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने कानुनी प्रावधान छ । आर्थिक वर्षको अन्तमा कामको चाप बढी हुने भएकाले सूचना जारी गरी छिटो भुक्तानी लिन भनिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिनुभयो । असार मसान्ता भित्र कर दाखिला गर्नुपर्ने भएकाले अधिक प्रयोगका कारण स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली डाउन हुन सक्ने जस्ता समस्या आउने उहाँले बताउनुभयो ।

संघिय सरकार तथा प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरु फिर्ता गरी प्रतिवेदन पठाउनु पर्ने र सबै कारोबारको हिसाब मिलान गर्नु पर्ने हुदाँ पनि गाँउपालिकाबाट सञ्चालित योजनाको सम्पूर्ण कागजात तथा प्रक्रिया पूरा गरी आर्थिक प्रशासनमा पेश गरी भुक्तानी लिन अनुरोध गरिएको छ । तोकिएको अवधि भित्रै भुक्तानी नलिई निकासा बन्द भएमा कार्यालय जवाफदेही नहुने प्रशासकीय अधिकृत मगरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology