Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

इ–सेवाबाट घरको बीमा गर्न सकिने


1.2K
Shares

इ–सेवाबाट घरको बीमा गर्न सकिने

काठमाडौं, २५ जेठ । इ–सेवाबाट घरको बीमा गर्न सकिने भएको छ। युएसआइडी र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको इ–सेवाले बताएको छ।

हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागू भएको कम्पनीको भनाइ छ। साथै अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सक्नेछन्।

यस योजना इ–सेवाको मोबाइल एपभित्र रहको इन्स्योरेन्स शीर्षकमा सूचीबद्ध सेवा मार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ।

बीमा नीति अनुसार एक करोड रुपैयाँसम्मको बीमा हुने यस योजनामा वार्षिक ५०० देखि ४ हजार ५०० रूपैयाँसम्म भुक्तानी गर्नु पर्नेछ। बीमा मूल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय कम्पनीले जनाएको छ।

यस योजनामा सहभागी हुन घरधनीले घरको तस्वीर, अपेक्षित मूल्य र त्यसको सम्पत्ति विवरण इ–सेवमा एप मार्फत अपलोड गर्नु पर्नेछ। इ–सेवाले यसअघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाइमा लागू हुनेगरी इ–सेवा केयर सञ्चालनमा ल्याइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology