गोरखा, २४ जेठ । गोरखा जिल्ला बेसबल तथा सफ्टबल संघको अध्यक्षमा विशाल श्रेष्ठ चयन हुनु भएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्ता सिंह बस्नेतको उपस्थितिमा बुधबार बसेको संघको भेलाले ९ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा मनोज गुरुङ र सुस्मिता दवाडी, सचिब मन्जली गुरुङ, कोषध्यक्ष अनिल श्रेष्ठ चयन भएको कार्यालय प्रमुख पंच बहादुृर राईले जानकारी दिनुभयो । यस्तै सदस्यहरुमा स्मृति गुरुङ , शुसान गुरुङ , सुजन राना मगर र प्रदीप खत्री चयन भएका हुन् ।
उहाँका अनुसार समितिको केन्द्रिय प्रतिनिधिका रुपमा विशाल श्रेष्ठ, प्रदेश प्रतिनिधिका रुपमा विशाल श्रेष्ठ, सुजन राना मगरलाई चयन गरिएको बताउनुभयो ।