Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

यस्तो छ ‘परस्त्री’ हिन्दी गीत ‘होना था जो होने लगा’


728
Shares

यस्तो छ ‘परस्त्री’ हिन्दी गीत ‘होना था जो होने लगा’

काठमाडौं, २३ जेठ । असार १५ मा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म परस्त्री को हिन्दी डब गीत रिलिज भएको छ । होना था जो होना लगा गीत बिफोरयु म्युजिकबाट सार्वजनिक गरिएको हो ।

हिन्दी गीतमा अमित मिश्र र सोनल प्रधानले स्वर दिएका छन् । केके ब्रोदर्सले संगीत दिएको गीतको हिन्दी शब्द विनित त्रिपाठीले गरेका हुन् । गीतमा फिल्मका मुख्य कलाकार शिल्पा मास्के र गौरव बिष्ट देखिएका छन् । गीतमा वाइल्ड रिपर्जको कोरियोग्राफी छ ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको फिल्म सुरज पाण्डेले निर्देशन गरेका हुन् । शिल्पा र गौरवका अलावा फिल्ममा कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्म शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माण गरेका हुन् । फिल्मको हाल भारतको मुम्बईमा प्राविधिक काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology