Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

ठूलो पोखरी युवाक्लबद्धारा दलित बालबालिकालाई शैक्षिक सामाग्री वितरण


3.8K
Shares

ठूलो पोखरी युवाक्लबद्धारा दलित बालबालिकालाई शैक्षिक सामाग्री वितरण

गोरखा २३ जेठ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ स्थित बोर्लाङमा रहेको ठूलो पोखरी युवा क्लबले ३९ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्बलले आर्थिक सहयोग संकलन गरी चाहापानीमा रहेका दलित बिपन्न र आसाहाय बालबालिकाहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको  क्लबका सचिव सन्दिप रोकाले जानकारी दिनुभयो ।

श्री सरस्वती माध्यामिक बिधालयमा अध्ययनरत बालबालिकाहरुलाई करिब ४५ हजार रुपैया बराबरको शैक्षिक सामाग्री वितरण गरिएको उहाँको भनाई छ । शैक्षिक सामाग्री बितरणका लागि क्बललाई ठूलोपोखरी घर भएका स्थानीबासी कृष्ण रोकाबाट २१ हजार १४७, अष्टेलिया बाट ८ हजार ७५, प्रदिप रोकाबाट ३ हजार, विष्णु रोकाबाट ३ हजार आर्थिक सहयोग संकलन भएको सचिव रोकाले बताउनुभयो ।

त्यस्तै सुजन रोकाबाट १ हजार ५ सय, कुमार रोकाबाट २ हजार, सुभाष रुचालबाट २ हजार र सुजन गैरेबाट १ हजार रुपैया सहयोग प्राप्त भएको उहाँको भनाई छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाध्यक्ष नारायण श्रेष्ठ तथा विद्यालयका प्रधानध्यापक रामचन्द्र पौडेल लगायतको सहभागितामा झोला, जोमेट्रिबक्स,कापी कलम लगायतका शैक्षिक सामग्री बितरण गरिएको सचिव रोकाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology