Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

महाभारतमा शकुनी बनेका गुफी पेन्टलको निधन


1.9K
Shares

महाभारतमा शकुनी बनेका गुफी पेन्टलको निधन

एजेन्सी, २२ जेठ  ।  महाभारतमा शकुनीको भूमिका निभाएका गुफी पेन्टलको सोमबार बिहान निधन भएको छ । गुफीको ७८ वर्षको उमेर निधन भएको हो । लामो समयदेखि मुटु तथा मिर्गौला रोगबाट पीडित थिए ।

पछिल्लो ८ दिनदेखि उनलाई मुम्बईको अंधेरीस्थित अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा पेन्टलको निधन भएको उनका भतिजा हितेन पेन्टल र उनका महाभारतका सह–कलाकार सुरेन्द्र पालले मृत्युको पुष्टि गरेका छन् । उनको आज अपराह्न ४ बजे अन्तिम संस्कार गरिने छ । गुफीको स्वास्थ्य एक साताअघि बिग्रिएको थियो । त्यतिबेला फरीदाबादको अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मुम्बई लगिएको थियो। केही दिनअघि टिभी अभिनेत्री टिना घईले सामाजिक सञ्जालमा उनकोे तस्बिर शेयर गर्दै फ्यानलाई उनको लागि प्रार्थना गर्न अपिल गरेकी थिइन् ।

गुफीले सन् १९७५ मा ‘रफु चक्र’बाट बलिउडमा डेब्यू गरेका थिए। उनी ८० को दशकमा धेरै चलचित्र र टिभी कार्यक्रमहरूमा देखा परे। तर, गुफीलाई वास्तविक पहिचान सन् १९८ मा बीआर चोपडाको सुपरहिट शो ‘महाभारत’बाट मिलेको थियो । उनले शोमा शकुनी आमाको भूमिका निभाएका थिए। गुफी पछिल्लो पटक स्टार भारतको शो ‘जय कन्हैया लाल की’ मा देखिएका थिए । अभिनयको दुनियाँमा आउनुअघि गुफी पेन्टल आर्मीमा थिए। पेन्टलले दैनिक भास्करसँगको विशेष कुराकानीमा सैनिक जवानबाट शकुनी बनेको कथा सुनाएका थिए ।

उनले भनेका थिए, ‘जब १९६२ मा भारत–चीन युद्ध चलिरहेको थियो, म इन्जिनियरिङ पढ्दै थिएँ। युद्धको समयमा पनि कलेजमा आर्मी भर्ती चलिरहेको थियो। मलाई सधैं आर्मीमा भर्ना हुन मन थियो। आर्मीमा पोस्टिङ भयो, चीन सीमामा तोपखाना।’

उनले थपे, ‘सिमामा मनोरञ्जनका लागि टिभी र रेडियो थिएन, त्यसैले हामी सेनाका जवानहरू सीमामा रामलीला गर्थ्यौं। रामलीलामा सीताको भूमिका निर्वाह गरेको थिएँ र रावणको भेषमा एक व्यक्ति स्कुटरमा आएर अपहरण गर्थे । मलाई अभिनयको शौक थियो, त्यसबाट केही तालिम लिएँ।’

पेन्टल अभिनयमा रुचि बढ्न थालेपछि कान्छो भाइ कंवरजीत पेन्टलको आग्रहमा गुफी सन् १९६९ मा मुम्बई आए। मोडलिङ र अभिनय सिके र धेरै फिल्ममा सहायक निर्देशकको रूपमा पनि काम गरे । यही क्रममा चोपडाको महाभारतमा कास्टिङ डाइरेक्टरको रूपमा काम गरे ।

उनले भनेका थिए, ‘म महाभारतको शकुनीको पात्रको लागि उपयुक्त अनुहार खोज्दै थिएँ । मैले शोका लागि सबै पात्रहरूको अडिसन दिएँ । मैले यो भूमिकाका लागि तीन जनालाई सर्टलिस्ट गरेको थिएँ । यसैबीच शोको स्क्रिप्ट लेख्दै आएका मासुम रजाले मलाई देखे र शकुनीको भूमिका खेल्न सल्लाह दिए। यसरी म महाभारतको मामा शकुनी भएँ ।’उनले शकुनीको भूमिका निर्वाह गरेपछि परिवारको असन्तुष्टि सुन्नु परेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology