Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सन्दीप आज दक्षिण अफ्रिका जाँदै


924
Shares

सन्दीप आज दक्षिण अफ्रिका जाँदै

काठमाडौं, २२ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी सन्दीप लामिछाने आज सोमबार दक्षिण अफ्रिका जाने तयारीमा छन् । आईसीसी विश्वकप एकदिवसीय छनोटको अभ्यास खेलका लागि उनी दक्षिण अफ्रिका जान लागेका हुन् । राष्ट्रिय क्रिकेट टोली गत मंगलबार नै दक्षिण अफ्रिका गइसकेको छ ।

बलात्कार आरोपमा सर्वोच्च अदालतमा पेशी रहेका कारण लामिछाने टोलीसँग जान पाएका थिएनन् । तर, पेशी २९ असारमासम्मलाई सरेपछि उनी आज सोमबार प्रशिक्षक मोन्टी देशाइसँगै दक्षिण अफ्रिका जाने भएका हुन् ।

नेपालले जेठ २५ गते स्कटल्यान्ड र २७ गते नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाली टोली जिम्बावे जानेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology