Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

यस्तो छ गण्डकी सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


1.3K
Shares

यस्तो छ गण्डकी सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

पोखरा, २१ जेठ ।  गण्डकी सरकारले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम आज आइतबार प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेशभित्र यातायात व्यवस्था कार्यालयका सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने सरकारले उद्घोष गरेको छ । खानेपानीमा नागरिकको पहुँच सहज बनाउन लिफ्टिङ प्रणालीबाट उपलब्ध गराउने साथै यसबाट लाग्ने विद्युत महशुलमा अनुदान दिने प्रदेश प्रमुखले बताउनुभयो । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा विस्तार गरी सेवामा पहुँच र स्वामित्व बढाउने जनाएको हो ।

मिर्गौला डायलाइसिसको प्रतीक्षमा रहेका विरामीलाई निशुल्क डायलाइसिस सेवा विस्तार गर्ने नीति तथा कार्यक्रममा प्रदेश सरकारले घोषणा गरेको हो । यस्तै प्रदेश सरकारले सार्वजनिक खर्चलाई मितव्यपी बनाउन, चालू खर्च कटौती गर्ने र पूँजीगत खर्च बढाउने विषयलाई प्रथामिकता दिने जनाएको छ ।

कृषि र पशु बिमा कार्याक्रम सञ्चालन मार्फत नागरिकलाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने सरकारले नीति तथा कार्यक्रम ल्याएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology