Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

‘जारी’ले पार गर्यो प्रदर्शनको ५१ औं दिन


980
Shares

‘जारी’ले पार गर्यो प्रदर्शनको ५१ औं दिन

काठमाडौँ, २१ जेठ । दयाहाङ राई र मिरुना मगर अभिनित ‘जारी’ले प्रदर्शनको ५१ औं दिन पार गर्न सफल भएको छ । फिल्मले शनिबारबाट उपत्यका उपत्यकामा १८ र बाहिर मोफसलमा ११ वटा हलमा ५१ औं दिन पार गरेको हो ।

फिल्मले अहिलेसम्म १७ करोड बढी ग्रस कमाइ गरेको कार्यकारी निर्माता मणिराम पोखरेलले दिए । ‘विशेषगरि पूर्वका हलमा फिल्मले राम्रो कमाइ गरेको छ’ पोखरेलको भनाई छ ।
नयाँ बर्षको अवसर पारेर १ बैशाखबाट प्रदर्शनमा आएको फिल्मले अमेरिका, युरोप, अष्ट्रेलिया लगायतका मुलुकमा फिल्म राम्रो दर्शक पाएको छ ।

लिम्बू समुदायमा प्रचलित जारी प्रथाको कथामा निर्माण भएको फिल्ममा दयाहाङ र मिरुनाको अलवा विजय बराल, प्रेम सुब्बा, पुष्कर गुरुङ, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बुको पनि अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology