Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी


1.5K
Shares

सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी

काठमाडौं,२१ जेठ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।

बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंको असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउन लागेको हो ।

जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिकामा छ । तर याी बीचमा लामिछानेको मुद्दाको पेसी परेको भन्दै क्यानले उनलाई टोलीसँगै पठाएको थिएन ।

तर अहलिे पेसी सरेपछि उनलाई जतिसक्दो छिटो दक्षिण अफ्रिका पठाउन लागिपरेको क्यानका कार्यकारी सचिव दुर्गाराज पाठकले जानकारी दिनुभयो ।
‘सन्दीपको मुद्दाको पेसी असार २९ गतेका लागि सरेपछि हामी उनलाई भोलि सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारीमा छौं’ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology