Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

तमु प्ये ल्हु संघ गोरखाको नयाँ कार्यसमिति चयन, अध्यक्षमा सूर्यबहादुर तमु


1.1K
Shares

तमु प्ये ल्हु संघ गोरखाको नयाँ कार्यसमिति चयन, अध्यक्षमा सूर्यबहादुर तमु

गोरखा, २१ जेठ । तमु प्ये ल्हु संघ गोरखाले सूर्यबहादुर तमुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाममा शनिबार भएको दोस्रो अधिवेशनबाट संघको अध्यक्षमा सुर्यबहादुर तमु सर्वसम्मतले चयन हुनु भएका हुन् ।

अधिवेशनले गुरुङको अध्यक्षतामा २२ सदस्यीय कार्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा तेजबहादुर तमु र सुशील तमु, सचिवमा सिमा तमु, कोषाध्यक्षमा चन्द्रकुमारी तमु, सहसचिवमा केशवराज तमु र सहकोषाध्यक्ष रोजिन तमु चयन भएका छन् ।

समितिको संगठन सचिवमा लक्षिन्द्र तमु, प्रचारप्रसार सचिवमा राज गुरुङ, खेगी विभाग संयोजकमा चित्रसिंह तमु, महिला विभाग संयोजक ज्योति तमु, युवा विभाग संयोजक सूर्यमान तमु चयन भएको संघकी सचिव सीमा तमुले जानकारी दिनुभयो।

सदस्यहरुमा विजय तमु, सोमराज तमु, हस्तबहादुर तमु, विर्खबहादुर तमु, संगीता तमु, प्रसाद तमु, ज्योति तमुस्यो, जीवन तमु, डिल माया तमुस्यो, गनबहादुर तमु र जीवन तमु चयन भएका छन् । समितिको अर्को बैठकले बाँकी तीन जना सदस्य मनोनित गरिने बताइएको छ । कार्यक्रममा यस अघिका तमु प्ये ल्हु संघ गोरखा नगरपालिकाकी सचिव सिमा तमुले संघको प्रतिवेदन प्रस्तुत गर्नु भएकी थिइन् ।

तमु प्ये ल्ह संघका केन्द्रीय सल्लाहकार तथा दोसो अधिवेशनका संयोजक टेकबहादुर गुरुङको अध्यक्षतामा तथा गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तमु प्ये ल्हु संघको केन्द्रीय अध्यक्ष हितकाजी तमु, संघका केन्द्रीय महासचिव हर्क तमु, संघका केन्द्रीय सल्लाकार तथा अधिवक्ता कर्णबहादुर ङ्प्थेचे तमु, संघका केन्द्रीय महिला समितिका अध्यक्ष पुष्पा तेल्मे तमु लगायतको उपस्थिी रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology