गोरखा, २० जेठ । जिल्लाका धार्मिक टोलीले म्याग्दीको गलेश्वर मन्दिरमा विशेष हवन कार्य सम्पन्न गरेको छ । अज्ञात नाथ पंन्थि अर्थात अनाप कार्यशैली तथा आध्यात्मिक कार्यदिशा अन्तर्गत गोरक्षधामका धार्मिक टोलीले तन्त्रोक्त शिव गोरक्ष हबन कार्य सम्पन्न गरेको हो ।
धार्मिक टोलीमा ५१ जनाको सहभागीता रहेको सहभागी मध्यको एक सन्दिप खत्रीले जानकारी दिनुभयो । ‘राष्ट्र, राष्ट्रियता र धर्म रक्षार्थ गोरक्षधाम गोरखाको संकल्प, सत्य र धर्म कहिल्यै मर्दैन’ कण कण गोरख जागे भन्ने मुल नाराका साथ गलेश्वरमा पहिलो धार्मीक यात्रा सम्पन्न भएको उहाँले बताउनुभयो ।
श्री श्री गुरुगोरक्षधाम सिद्धाश्रम केन्द्र, गोरखाले शुष्म शक्ति जाग्रीत गर्दै नेपाल र नेपालीको आध्यात्मिक शक्ति बढाउने एवम् राष्ट्र, राष्ट्रियता, धर्म र गौं रक्षार्थको लागि अनाप शैलीमा थालेको हवन तथा पुजन यो पहिलो चरण सकिएको हो ।
देश को राज्य सत्ता सञ्चालन हुदाँ विधि र पद्धतिमा शुक्ष्म शक्तिले शुक्ष्म रुपमा शक्ति प्रदान गरुन भनेर नेपाल र नेपालीमा धार्मिक भक्ति बढाउनका लागि पनि यो कार्यको सुरुवात गरिएको गोरक्षधाम गोरखाका महासचिव दिनेश दानीको भनाई छ ।
गोरखाबाट गएको उक्त समुहले पोखराको बिन्ध्यवासीनी, बागलुङको कालिका भगवती, म्याग्दीको गलेश्वरधाम तथा मुस्ताङको कागबेनी र मुक्तिनाथमा हवन पछि पुनः म्याग्दीको गलेश्वरधाममा विशेष हवन पुजन र प्राथना गरेको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म र गौं रक्षार्थ आवाज उठाउनेहरु अहिले कम भएको भन्दै सूक्ष्म शक्ति प्रदान होस भनि अनाप कार्य अगाडी बढाएको अध्यक्ष नवराज बस्नेतले बताउनुभयो ।
