Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा मगर भाषा प्रशिक्षण तालिम सम्पन्न


1.7K
Shares

गोरखामा मगर भाषा प्रशिक्षण तालिम सम्पन्न

गोरखा, २० जेठ । गोरखामा मगर भाषा प्रशिक्षण तालिम आज सम्पन्न भएको छ । नेपाल मगर महिला संघ गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा मगर भाषा, संस्कृतिको संरक्षणका लागि प्रशिक्षक तयार गर्न प्रशिक्षक प्रशिक्षण तालिम दिएको थियो । बुधबारबाट सुरु भएको मगर भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

यो अवधिमा मगर जातिको इतिहास, मगर भाषा, साहित्यको इतिहास र विकासक्रम, मगर भाषाको वर्णमाला, मगर भाषा र संस्कृतिमा अभिवादन र व्याकरणीय शब्दहरुको बारेमा जानकारी गराएको नेपाल मगर संघका केन्द्रीय सदस्य विष्णु रानामगरले बताउनुभयो ।

त्यस्तै, मगर भाषाका व्याकरण, वाक्य संरचना, मगर भाषाको पाठ्यक्रम, मगर भाषाको शिक्षण विधिहरु, लिपि विकास, मगर भाषा लेखनमा प्रयोग गरिएका लिपिहरु लगायतका बारेमा प्रशिक्षण दिएको उहाँले जानकारी दिनुभयो । तालिममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा. विष्णुकुमार सिन्जाली मगरले प्रशिक्षण गराउनु भएको थियो।

कार्यक्रममा गोरखा नगरपालिकाका भित्रका १४ वटा वडाबाट २५ जना भन्दा धेरै जनाको सहभागी रहेको थियो । सहभागी सबैलाई आज प्रमाण पत्र समेत प्रदान गरिएको केन्द्रीय सदस्य राना मगरले बताउनुभयो । मगर भाषा बोल्न सक्ने र भाषा सिक्न इच्छुक भएका व्यक्तिहरुलाई तालिम सहभागी गराएको थियो ।

नेपाल मगर महिला संघ गोरखाका अध्यक्ष पवित्रा थापा मगरको अध्यक्षता तथा गोरखा नगरपालिका नगरप्रमुख कृष्ण रानामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रशिक्षक विष्णु कुमार सिन्जाली मगर, नेपाल मगर संघका केन्द्रीय सदस्य विष्णु रानामगर, नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाका उपाध्यक्ष नानुमाया थापा, नेपाल मगर महिला संघ गोरखाकी सचिव सविता थापा मगर लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology