गोरखा, २० जेठ । गोरखामा हुइचिल पालेका २ जना युवकलाई प्रहरीले पक्राउ गरेका छन् । शहिदलखन गाउँपालिका–६ को घैरुङबाट बर्ष २६ को मोहन थापा मगर र बर्ष २५ को बिकास थापालाई प्रहरीले पक्राउ गरका हुन् ।
दुवै जनालाई प्रहरीले १९ गते बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिनुभयो । दुवै जनाको साथबाछ १–१ वटा हुचिल बरामद भएको सूचना अधिकारी लामिछानेले बताउनुभयो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय गोरखामा बुझाईएको प्रहरीले जनाएको छ ।