Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा रुखबाट लडेर १ जनाको मृत्यु


2.8K
Shares

गोरखामा रुखबाट लडेर १ जनाको मृत्यु

गोरखा,१७ जेठ । गोरखामा रुखबाट लडेर १ जना पुरुषको मृत्यु भएको छ । अजिरकोट गाउँपालिका–३ काफलडाडाँका ४२ बर्षिय राजेन्द्र अधिकारीको रुखबाट लडदा मृत्यु भएको हो ।

साता दिन अगाडी रुखमा चढ्ने क्रममा अधिकारी रुखबाट लडेदा टाउकोमा गंभिर चोट लागेको थियो । वडा नम्बर ५ को फाल्पुमा भएको उक्त घटना पछि गंभिर घाईते भएका अधिकारीको राजधानीको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको वडाध्यक्ष बावुराम अधिकरीले जानकारी दिनुभयो ।

अधिकारीलाई गाउँपालिकाको आर्थिक सहयोगमा हेलिकप्टर मार्फत राजधानीको ट्रमा सेन्टर लगेको थियो । अधिकारीको मृत्यु पछि उनी सम्बद्व पार्टी नेकपा माओवादी केन्द्रले श्रद्वाजली सभा गरेर अधिकारीको अन्त्यष्टी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology