Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका ११ स्थानीय तहलाई ४ अर्ब ५८ करोड ३७ लाख बजेट (कुन पालिकालाई कति हेर्नुहोस्)


3.1K
Shares

गोरखाका ११ स्थानीय तहलाई ४ अर्ब ५८ करोड ३७ लाख बजेट (कुन पालिकालाई कति हेर्नुहोस्)

गोरखा, १६ जेठ  ।  गोरखा जिल्ला भित्र रहेका स्थानीय तहहरुलाई संघिय सरकारबाट आगामी आर्थिक बर्षका लागि संघिय सरकारबाट साढे ४ अर्ब भन्दाबढि बजेट बिनियोजन भएको छ । संघिय सरकारले आगामी आर्थिक बर्ष २०८०/0८१ का लागि सोमवार बाँडफाँड गरेको बजेटमा गोरखा जिल्ला भित्रका एघार स्थानीय तहहरुलाई कुल ४ अर्ब ५८ करोड ३७ लाख रुपैया समपूरक बजेट बिनियोजना भएको हो ।

दुई नगरपालिका र नौ गाउँपालिका रहेको गोरखामा सवैभन्दा धेरै गोरखा नगरपालिकालाई कुल ६१ करोड ८१ लाख रुपैया बजेट विनियोजनभएको छ । त्यस्तै पालुङटार नगरपालिकालाई ५७ करोड २ लाख रुपैया बजेट बिनियोजना भएको छ भने जिल्लामा सवैभन्दा कम चुमनुब्री गाउँपालिकालाई कुल २० करोड ७७ लाख बजेट बिनियोजन भएको हो ।

त्यस्तै जिल्लाको आरुघाट गाउँपालिकालाई ४० करोड ४२ लाख रुपैया बजेट बिनियोजन भएको छ । गण्डकी गाउँपालिकालाई आगामी आर्थिक बर्षका लागि संघिय सरकारले ४४ करोड ६८ लाख बजेट बिनियोजन गरेको छ भने अजिरकोट गाउँपालिकालाई ३१ करोड ६८ लाख बजेट बिनियोजन भएको छ । त्यस्तै धार्चे गाउँपालिकालाई ३१ करोड २१ लाख रुपैया बजेट बिनियोजन भएको छ ।

शहिद लखन गाउँपालिकालाई ४३ करोड २० लाख रुपैया, भीमसेन थापा गाउँपालिकालाई ४० करोड १० लाख रुपैया बजेट बिनियोजना भएको छ भने बारपाक सुलिकोट गाउँपालिकालाई ४० करोड ५९ लाख बजेट बिनियोजन भएको छ । त्यस्तै जिल्लाको सिरानचोक गाउँपालिकालाई आगामी आर्थिक बर्षका लागि कुल ४६ करोड ८९ लाख रकम संघिय सरकारले बिनियोजन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology