Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

चार स्वर्णसहित प्रदेश स्तरीय कराँते प्रतियोगिताको उपाधी गोरखालाई


1.3K
Shares

चार स्वर्णसहित प्रदेश स्तरीय कराँते प्रतियोगिताको उपाधी गोरखालाई

गोरखा, १५ जेठ । गोरखाले चार स्वर्णसहित गण्डकी प्रदेश स्तरिय प्रथम जुनियर कराँते प्रतियोगिताको उपाधि जितेको छ । पोखरामा शनिबार र आइतबार सम्पन्न भएको प्रतियोगितामा जिल्लाबाट १३ जना खेलाडी सहभागी भएमा ४ स्वर्ण २ रजत र १ कास्य गरी ७ पदक जितेको मुख्य प्रशिक्षक घ्याम्जो लामाले जानकारी दिनुभयो ।

कुमुते कराँते फाइट पुरुष तर्फका २५ के.जी तौल समूहमा युनिक पनेरु, ३० के.जीमा हरि बोहरा, ४५ केजीमा बिनोद परियार र ५० केजी तौल समूहमा फिलेमान गुरुङले स्वर्ण पदक जितेका हुन् ।

यस्तै कुमुते कराँते तर्फ नै ४० के.जी तौल समूमा रुपेश गुबजु र एकल काँते तर्फ ४५ बिनोद परियारले पनि रजत पदक जितेका छन् ।
त्यस्तै गरी महिलातर्फ ४५ केजी शारदा श्रेष्ठले कास्य पदक जिते प्रशिक्षक लामाले बताउनुभयो ।

जिल्लास्तरबाट छनोट भएर उनीहरु प्रदेश स्तरीय प्रतियोगीतामा सहभागी भएका हुन् । सहप्रशिक्षक बुद्ध लामाको नेतृत्वमा गएको टोली प्रथम भएको हो ।प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाको सहभागिता रहको थियो । प्रतियोगितामा महिला तथा पुरुषका गरी कुल १३ वटा विद्यामा ११७ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology