Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बारपाकमा ५४ लाख लागतमा भ्यू टावर निर्माण


1.3K
Shares

बारपाकमा ५४ लाख लागतमा भ्यू टावर निर्माण

गोरखा, १५ जेठ । बारपाक सुलिकोट गाँउपालिका वडा नं. २ मा बारपाकमा भ्यू टावर निर्माण भएको छ । पर्यटकीय गन्तव्य बारपाक घुम्न आउने पर्यटकलाई लक्षित गरी टावर निर्माण गरिएको हो । बारपाकको कोट डाडाँमा निर्माण भएको भ्यू टावर यसै बर्षको असार दोस्रो सातादेखी खुल्ला गरिने पालिकाका ईन्जिनियर अविनव गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार टावरमा फलामको रेलिङ हाल्न र रंगरोगन बाँकी भएकोले असारको पहिलो हप्ता काम सकेर दोस्रो हप्ताबाट खुल्ला गर्न खोजिएको बताउनुभयो । सिराइचुली निर्माण सेवाले ५४ लाख १३ हजार ३०७ रुपैयाँ ९ पैसा लागतमा निमार्ण गरिएको उक्त टावरको बाँकी काम भने उपभोत्ता समिति मार्फत गर्न लागिएको छ । टावरमा राखिने रेलिङको काम उपभोत्ता समिति मार्फत गर्न खोजिएको पालिकाले जनाएको छ ।

रेलिङका लागि करिब १५ लाख रुपैयाँ बिनियोजन भई सकेको र केही दिनभित्रैबाट कामको थालनी हुने ईन्जिनियर गौतमले बताउनुभयो । ०७६ साल माघ २७ गते सम्झौता भएर काम थालेको उक्त टावर खुल्ला गरे संगै बारपाक र वरपरका दृष्यका साथै बौद्व हिमाल सहजै दृश्यावलोकन गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology