Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

असारसम्म ५७ आयोजनाबाट थप ८११ मेगावाट बिजुली उत्पादन हुने


882
Shares

असारसम्म ५७ आयोजनाबाट थप ८११ मेगावाट बिजुली उत्पादन हुने

गोरखा, १४ जेठ । आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म ५७ विद्युत आयोजनाबाट ८११ मेगावाट थप जलविद्युत उत्पादन हुने अनुमान गरिएको छ। आर्थिक सर्वेक्षण २०७९/८० ले यस्तो अनुमान गरेको हो।

त्यस्तै, आगामी आर्थिक वर्ष २०८०/८१ मा ३६ आयोजनाबाट थप ७५४ मेगावाट बिजुली उत्पादन हुने अनुमान छ। २०७९ फागुनसम्म राष्ट्रिय प्रसारण लाइन ६६ केभी र सोभन्दा माथि ५६६९ सर्किट किलोमिटर पुगेको छ। साथै, वितरण लाइन ३३ केभी र सोभन्दा कम एक लाख ३६ हजार पाँच सय ९५ सर्किट किलोमिटर पुगेको छ।

२०७९ असारसम्म प्रसारण लाइन ६६ केभी र सोभन्दा माथि ४ हजार ५७३ सर्किट किलोमिटर तथा वितरण लाइन एक लाख २३ हजार पाँच सय ५७ सर्किट किलोमिटर छ। चालु आर्थिक वर्षको फागुनसम्म भारतबाट एक हजार ११ गिगावाट घण्टा बिजुली आयात भएको छ। एक हजार ५३ गिगावाट घण्टा बराबरको बिजुली निर्यात भएको छ।

आर्थिक वर्ष २०७८/७९ मा बिजुलीको माग पूर्तिको लागि भारतबाट कुल १ हजार ५४३ गिगावाट घण्टा विद्युत आयात र ४९३ गिगावाट घण्टा विद्युत निर्यात भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology