Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा आत्महत्या दुरुत्साहन आरोपमा एक जना पक्राउ


1.7K
Shares

गोरखामा आत्महत्या दुरुत्साहन आरोपमा एक जना पक्राउ

गोरखा, १२ गते । गोरखामा आत्महत्या दुरुत्साहन आरोपमा एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा बारपाक सुलिकोट वडा नं. ३ रातमाटेका सुनिल गुरुङ रहेका छन् ।उनको श्रीमती २४ वर्षीया रोशनी गुरुङ जेठ १० गते रातमाटे स्थित जगंलमा चिलाउनेको रुखमा नाम्लोको डोरीले पाँसो लगाई झुण्डएको अवस्थामा मृत फेला गरेको थियो ।

श्रीमतीलाई शारीरिक तथा मानसिक रुपमा यातना दिई आत्महत्या गर्न बाध्य तुल्याएको भन्ने रोशनीका आफन्त मार्फत जाहेरी दरखास्तको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

उनीमाथी शुक्रबार आत्महत्या गर्न दुरुत्साहन दिन हुने कसूर शीर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology