Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

जेठ ३० गतेदेखि प्रथम अन्तर विद्यालय गोर्खाली कप हुदैँ


1.8K
Shares

जेठ ३० गतेदेखि प्रथम अन्तर विद्यालय गोर्खाली कप हुदैँ

गोरखा, १२ जेठ । गोरखामा ‘प्रथम अन्तर विद्यालय गोर्खाली कप फुटबल प्रतियोगिता २०८० हुने’ भएको छ । हरमटारी क्लब गोरखाको आयोजनामा आगामी जेठ ३० गतेदेखि असार २ गते सम्म प्रतियोगिता हुने महासचिब किरण ढकालले जानकारी दिनुभयो ।

जिल्लाको फुटबल बिकास र व्यवसायीक खेलाडी उत्पादन गर्ने उदेश्यले आयोजना गरिएको फुटबल प्रतियोगितामा जिल्ला भरीका विद्यालय सहभागी हुने जनाएको छ ।

‘स्वस्थको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा उत्कृष्ट हुने १५ खेलाडी लाई प्रशिक्षण लागि छनोट गरिने उहाँले बताउनुभयो । प्रतियोगीतामा प्रथम र द्धितिय हुने टिमले क्रमशःरु ३० हजार, १५ हजार ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागी २५ सय दर्ता शुल्क तोकिएको छ । टिम दर्ताको अन्तिम मिति २५ गते सम्म रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology