Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बारपाक सुलिकोटमा दुर्व्यसनी बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न


1.4K
Shares

बारपाक सुलिकोटमा दुर्व्यसनी बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न

गोरखा, ११ जेठ ।  गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा लागू औषध दुर्व्यसनी बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखा र गाउँपालिकाको संयुक्त आयोजनामा युवाहरुलाई लागू औषध दुर्व्यसनीबाट जोगाउन र लागू औषध दुव्र्यसनीका बिरुद्ध अभिमुखीकरण प्रदान गर्न सचेतन कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको सभाहलमा भएको सचेतना कार्यक्रममा पालिका भित्र रहेका बिभिन्न युवा क्बलहरुबाट ४५ जना भन्दाबढी युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरक्षक हुमनाथ घिमिरेले लागू औषध दुर्व्यसनी, यसको रोकथाम, यसबाट हुनसक्ने जोखिम लगायतका बिषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको छ ।

त्यस्तै बिपत बिज्ञ लिलाजंग गुरुङले बिपत जोखिम न्युनीकरण लगायतका बिषयमा समेत अभिमुखीकरण प्रदान गर्नुभएको आयोजकले जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले युवाहरुलाई लागू औषध दुव्र्यसनीमा फस्न नदिन गाउँपालिकाले सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology