Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

रोटरी क्लबको भवन निमार्णकोलागि गोरखाका एक दम्पतीले गरे जग्गा दान


2.5K
Shares

रोटरी क्लबको भवन निमार्णकोलागि गोरखाका एक दम्पतीले गरे जग्गा दान

गोरखा, ११ जेठ । रोटरी क्लब अफ बज्र मनासलुको भवन निर्माणका लागि गोरखाका एक दम्पतीले जग्गा दान गरेका छन् । गोरखा नगरपालिका –७ नयाँ बजार निवासी बिनोद र उहाँकी श्रीमती ज्ञानु अर्यालले रोटरी क्लबको भवन निर्माणका लागि जग्गा दान गर्नु भएको रोटरी क्लब अफ बज्र मनासलुका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँ बजार क्षेत्रमा मेडिकल सञ्चालन गर्दै आउनु भएका अर्याल दम्पतीले भवन निर्माणका लागि गोरखा नगरपालिका–७ को डण्डीडाडाँ क्षेत्रमा रहेको ३ आना जग्गा दान गर्नु भएको उहाँले बताउनुभयो ।

भवन निर्माणकोलागि संस्था भित्रैका सदस्यबाट १५ लाख बरावरको रकम संकलन हुने भएको छ । बजार क्षेत्रको उक्त जग्गा हालको मुल्यमा १५ लाख मुल्य बरावरको रहेको छ । भवन निर्माणका लागि हाल गोरखा नगरपालिकाले ५ लाख अनुदान दिएको रोटरी क्लब अफ बज्र मनासलुले जनाएको छ । अर्याल रोटरी क्लब अफ बज्र मनासलुका उपाध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology