Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

‘भैरवनाथ रिमाल वर्ष गीत पुरस्कार’का लागि सर्वश्रेष्ठ १० गीत छनोट


1K
Shares

‘भैरवनाथ रिमाल वर्ष गीत पुरस्कार’का लागि सर्वश्रेष्ठ १० गीत छनोट

काठमाडौं, ११ जेठ । गीतकार संघले स्थापना दिवसको अवसरमा स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । आगामी आइतबार हुने समारोहमा अग्रज गीतकार दुर्गालाल श्रेष्ठलाई अमर भावना राष्ट्रिय स्रष्टा सम्मान गीतकार संघ नेपाल–२०७९ सम्मान प्रदान गरिने भएको छ ।

संघका महासचिव टीका राईले विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई एक लाख ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गर्ने जनाएका छन् । डायस्पोरा गीतकार सम्मान अमेरिकामा बसोबास गर्दै आएका गीतकार खेम रिजाललाई प्रदान गरिने भएको छ ।

विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान गीतकार भगत सुब्वालाई प्रदान गरिने भएको छ । उनलाई २५ हजार २५२ रुपैयाँसहित पुरस्कृत समेत गरिने भएको छ । राष्ट्रगानका रचयिता गीतकार प्रदीपकुमार राई (ब्याकुल माइला)लाई ‘गीतकार विशेष सम्मान’सहित १५ हजार रुपैयाँले पुरस्कृत गरिने भएको छ ।

यसैगरी संघमा आवद्ध सदस्यले २०७९ सालका लागि दर्ता हुन आएका गीतमध्येबाट ‘भैरवनाथ रिमाल कदम वर्ष गीत पुरस्कार’ गीतकार संघ नेपाल २०७९ सालका लागि उत्कृष्ट १० गीतहरू सार्वजनिक गरिएको छ ।

ती गीतमा उमेश लम्सालको एक मुठी सास, सञ्जीव पारदर्शीको ‘भुईं सोरी ढोगें है’, सुन्दर पन्तको ‘न त खेल हो’, गोविन्द शृंखलाको ‘आउँछु भन्यौं’, रत्नप्रसाद अनामणि श्रेष्ठको ‘आज मेरो कक्षामा’, मदन मावोको ‘ऐनाको अघि उभेर’, अरुण तिवारीको ‘जन्म र मृत्यु’, प्रेनिङ प्रयास राईको ‘गाउँघरको बोलीले’, घनबहादुर थापामगरको ‘छोड्दै थिए जन्म थलो’ तथा ध्रुवप्रसाद अम्गाईंको ‘जमानत गुमायौं’ छन् ।

संघमा आबद्ध सदस्यहरूले २०७९ सालका लागि दर्ता हुन आएका गीत पुस्तकमध्येबाट ‘जगत मर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार गीतकार संघ नेपाल–२०७९’ का लागि उत्कृष्ट तीन गीति पुस्तक छनोट गरिएको छ । जसमा गंगाराज मुकारुङको ‘यला यला ’, गणेश श्रेष्ठ अपेक्षाको ‘गीतसँग अपेक्षा’ तथा टीका भट्टराई नेपालको ‘अनुभूतिका स्वरहरू’ छन् ।‘भैरवनाथ रिमाल वर्ष गीत पुरस्कार’का लागि सर्वश्रेष्ठ १० गीत छनोट

काठमाडौं । गीतकार संघले स्थापना दिवसको अवसरमा स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । आगामी आइतबार हुने समारोहमा अग्रज गीतकार दुर्गालाल श्रेष्ठलाई अमर(भावना राष्ट्रिय स्रष्टा सम्मान गीतकार संघ नेपाल–२०७९ सम्मान प्रदान गरिने भएको छ ।

संघका महासचिव टीका राईले विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई एक लाख ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गर्ने जनाएका छन् । डायस्पोरा गीतकार सम्मान अमेरिकामा बसोबास गर्दै आएका गीतकार खेम रिजाललाई प्रदान गरिने भएको छ ।

विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान गीतकार भगत सुब्वालाई प्रदान गरिने भएको छ । उनलाई २५ हजार २५२ रुपैयाँसहित पुरस्कृत समेत गरिने भएको छ । राष्ट्रगानका रचयिता गीतकार प्रदीपकुमार राई (ब्याकुल माइलालाई ‘गीतकार विशेष सम्मान’सहित १५ हजार रुपैयाँले पुरस्कृत गरिने भएको छ ।

यसैगरी संघमा आवद्ध सदस्यले २०७९ सालका लागि दर्ता हुन आएका गीतमध्येबाट ‘भैरवनाथ रिमाल ९कदम० वर्ष गीत पुरस्कार’ गीतकार संघ नेपाल २०७९ सालका लागि उत्कृष्ट १० गीतहरू सार्वजनिक गरिएको छ ।

ती गीतमा उमेश लम्सालको एक मुठी सास, सञ्जीव पारदर्शीको ‘भुईं सोरी ढोगें है’, सुन्दर पन्तको ‘न त खेल हो’, गोविन्द शृंखलाको ‘आउँछु भन्यौं’, रत्नप्रसाद अनामणि श्रेष्ठको ‘आज मेरो कक्षामा’, मदन मावोको ‘ऐनाको अघि उभेर’, अरुण तिवारीको ‘जन्म र मृत्यु’, प्रेनिङ प्रयास राईको ‘गाउँघरको बोलीले’, घनबहादुर थापामगरको ‘छोड्दै थिए जन्म थलो’ तथा ध्रुवप्रसाद अम्गाईंको ‘जमानत गुमायौं’ छन् ।

संघमा आबद्ध सदस्यहरूले २०७९ सालका लागि दर्ता हुन आएका गीत पुस्तकमध्येबाट ‘जगत मर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार गीतकार संघ नेपाल–२०७९’ का लागि उत्कृष्ट तीन गीति पुस्तक छनोट गरिएको छ । जसमा गंगाराज मुकारुङको ‘यला यला ’, गणेश श्रेष्ठ अपेक्षाको ‘गीतसँग अपेक्षा’ तथा टीका भट्टराई नेपालको ‘अनुभूतिका स्वरहरू’ छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology