Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

भात नपकाएको भन्दै श्रीमानले श्रीमतीलाई कुटी हत्या


1K
Shares

भात नपकाएको भन्दै श्रीमानले श्रीमतीलाई कुटी हत्या

एजेन्सी, १० जेठ । भारतको ओडिशा राज्यको सम्बलपुरमा प्रहरीले एक व्यक्तिलाई भात नपकाउँदा आफ्नी श्रीमतीलाई कुटेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । गत आइतबार राती ४० वर्षिया सनाचन धरुआ जब राती घर आउँदा उनकी पत्नी पुष्पा धरुआले तरकारीमात्र पकाएर भात पकाएका थिएनन् ।

सोही कारण उनीहरूबीच विवाद सुरू भयो र उनले श्रीमती पुष्पामाथि कुटपीट श्रीमतीको मृत्यु हुनपुग्यो । घटना तब मात्रै थाहा भयो जब उनीहरूको छोरा घर आइपुगे । उनले आफ्नी आमालाई मृत्यु भएको अवस्थामा भेटिन् । उनले प्रहरीलाई खबर गर्दा प्रहरीले अनुसन्धान गरी उनका श्रीमानले नै उनको कुटपीटबाट मृत्यु भएको स्विकारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology