Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

‘आरआरआर’ र ‘थोर’ का अभिनेता रे स्टिभेन्सनको मृत्यु


1K
Shares

‘आरआरआर’ र ‘थोर’ का अभिनेता रे स्टिभेन्सनको मृत्यु

काठमाडौं, ९ जेठ । हलिउडका अभिनेता रे स्टिभेन्सनको मृत्यु भएको छ। आइतबार ५८ वर्षको उमेरमा उहाँको मृत्यु भएको हो।

स्टिभेन्सन एसएस राजामौलीको फिल्म ‘आरआरआर’ मा देखिएका थिए। फिल्ममा उहाँले ‘स्कट बक्सटन’ नामक भिलेनको भूमिका निर्वाह गरेका थिए। यो रेको पहिलो भारतीय फिल्म थियो। रेले मार्भल स्टुडियोको फिल्म ‘थोर’ र ‘थोरः द डार्क वर्ल्ड’ मा काम गरेका छन्।

उहाँको जन्म सन् १९६४ मे २५ मा लिस्बनमा भएको थियो। २९ वर्षको उमेरमा उनले फिल्म र टिभी कार्यक्रमबाट आफ्नो करियर सुरू गरेका थिए। रेले सन् १९९८ मा फिल्म ‘द थ्योरी अफ फ्लाइट’ बाट फिल्ममा डेब्यू गरेका थिए। उनी छिटै डिज्नी प्लस स्टार वार्स सिरिज ‘अहसोका’ मा देखिँदैछ। उहाँको अन्तिम फिल्म ‘एक्सीडेन्ट मेनः हिटमेन होलिडे’ हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology